Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चीनमा आइफोनको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी

    चीनमा आइफोनको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.8K
    SHARES

    एजेन्सी ।  अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगासँगै चीनले पनि चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानले  एप्पलको बहिष्कार गर्न सक्ने  शुक्रबार चेतावनी दिएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्सका कारण राष्ट्रिय सुरक्षा खतरामा परेको भन्दै सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा गरेका थिए।  ट्रम्पको उक्त घोषणापछी बेइजिङ र वाशिङ्गटनबीच तनाव थप बढेको छ ।



    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानले  ट्वीटरमार्फत भनेका छन्, ‘यदि ‘विच्याट’लाई अमेरिकामा प्रतिबन्ध लगाइयो भने चिनियाँहरूले ‘आईफोन’ र ‘एप्पल’का उत्पादनहरूलाई राख्नुपर्ने कुनै कारण हुनेछैन ।



    चिनियाँहरूले अमेरिकामा ‘विच्याट’लाई प्रतिबन्ध गरेमा चीनमा ‘आईफोन’ प्रयोग गर्न बन्द गर्नुपर्ने आवाज उठिरहेको पनि उनले उल्लेख गरेका छन्।  दक्षिण चीनमा रहेको ‘साउथ चाइना सी’मा सैन्य गतिविधि बढेको पनि अमेरिकाले चीनमाथि आरोप लगाएको छ।

    हङकङलाई हेर्ने दृष्टिकोण र  कोरोनाभाइरसको उत्पत्ति तथा यसलाई फैलिन नदिने बिषयमा चीनले वेवास्ता गरेको भन्दै अमेरिकाले आरोप लगाउँदै आएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार