Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बागमतीका सबै जिल्लामा प्रदेश मातहतको अस्पताल बनाइने

    बागमतीका सबै जिल्लामा प्रदेश मातहतको अस्पताल बनाइने

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा आफ्नो मातहतमा अस्पताल बनाउने गरी निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश मातहतमा अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा बसेको बैठकले प्रदेश मातहत नभएका, जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो । प्रदेशका ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल रहेका छन् । हाल दोलखा, काभ्रे, काठमाडौं, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल छैनन् ।



    बैठकले पर्यटन व्यवसायको इजाजत नवीकरण तथा जरिवान/विलम्ब दस्तुरमा छुट दिने निर्णय पनि गरेको छ । प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७, दुध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।



    यसैगरी मंगलबारको बैठकले महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री ढुंगेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार