Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उच्च मनोबलका साथ काम गर्न प्रहरी अधिकृतलाई आईजीपीको निर्देशन

    उच्च मनोबलका साथ काम गर्न प्रहरी अधिकृतलाई आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 6.3K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान तथा नियन्त्रणका लागि पछि नहट्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्।

    आईजीपी क्षेत्रीले  कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सिमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुपर्ने उल्लेख गरे ।



    हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा निर्देशन दिदैं आईजीपी क्षेत्रीले उच्च मनोबलका साथ काम गर्न उनीहरुलाई निर्देशन पनि दिए।



    हिरासतमा भएका व्यक्तिहरुमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।
    आईजीपी क्षेत्रीले अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकाय, स्थानीय निकाय र कानुन कार्यान्वयन गर्ने अन्य निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।

    सरुवा भई जाने अधिकृतहरुलाई कानुनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गर्दै आन्तरिक गुनासोको व्यवस्थापन, निष्पक्षता, चेन अफ कमान्ड र कोरोना संक्रमण नियन्त्रणको लागि आ-आफ्नो दृष्टिकोण अनुसार पुलिसिङ गर्नुपर्नेमा उनले थप जोड दिए।

    कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणले धेरै प्रहरी कर्मचारी पनि संक्रमित भई अस्पताल र क्वारेन्टिनमा बस्नु
    परेको अवस्थामा सीमित प्रहरी जनशक्ति, साधन स्रोतको व्यवस्थापन र उचित परिचालन गरी खटी जाने स्थानहरुमा यस रोग रोकथाम र नियन्त्रण गर्न प्रहरी अधिकृतहरु सक्रिय रुपमा लाग्न आईजीपी क्षेत्रीले निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार