Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काेराेना संक्रमणबाट काठमाडाैंका ३ महिलासहित एकैदिन १४ जनाकाे मृत्यु

    काेराेना संक्रमणबाट काठमाडाैंका ३ महिलासहित एकैदिन १४ जनाकाे मृत्यु

    मृतककाे संख्या २७१ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 2.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएकाेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    आज मृत्यु हुनेहरुमध्ये १० जना पुरुष र ४ जना महिलाहरु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुने पुरुषहरुमा सप्तरीका ५५ वर्षीय २ जना, रसुवाका ३७ वर्षीय, कास्कीका ६५ वर्षीय, नवरपरासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् । त्यस्तै कोरोनाको कारण मृत्यु हुने महिलाहरुमा काठमाडौंका ३ जना ८२, ६७ र २२ वर्षीया, चितवनकी ३५ वर्षीया रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।



    नेपाल पछिल्लो २४ घण्टामा मात्र १ हजार ३५९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ५८ प्रतिशत अर्थात २५ हजार ५६१ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ३ सय ५४ जना कोरोना मुक्त भएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार