Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाकिस्तानमा २७ वर्षीया पत्रकारको गोली हानी हत्या

    पाकिस्तानमा २७ वर्षीया पत्रकारको गोली हानी हत्या

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 3.2K
    SHARES

    पाकिस्तान । पाकिस्तानमा शनिबार शाहिना शाहिन नामकी महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददाता थिइन् ।

    केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । शाहिन पहिला इस्लामाबादमा एक नीजि टिभी च्यानलमा काम गर्थिन् । त्यसपछि उनको चयन सरकारी टिभी च्यानलमा भएको थियो ।



    इस्लामाबादमा केही महिना बसेपछि शाहिनको ट्रान्सफर बलूचिस्तानको तुरबतमा भएको थियो । उनी एक स्थानीय म्यागजिनकी सम्पादक पनि थिइन् । २७ वर्षकी शाहिन क्वेटा युनिभर्सिटीबाट पिएचडी पनि गरिरहेकी थिइन् ।



    गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल नामकी महिला पत्रकारलाई पनि गोली हानी हत्या गरिएको थियो । रिपोर्टका अनुसार सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षमा पाकिस्तानमा ६१ पत्रकारको हत्या भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार