Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कडा सुरक्षा घेराकाबीच मच्छिन्द्रनाथको रथ तानिदै

    कडा सुरक्षा घेराकाबीच मच्छिन्द्रनाथको रथ तानिदै

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । गत बिहीबार विवाद भएपछि रोकिएको राताे मच्छिन्द्रनाथको रथ आइतबार तानिएको छ । कडा सुरक्षा घेराका बीच रथ तान्न शुरू गरिएकाे हाे । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तान्नु अघि नै ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरिएको छ।

    यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आइतबार ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।



    बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गरिएको थियो । रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।



    विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार