Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सूर्यले बाबुरामलाई भने – तपाईंकी श्रीमती ‘एसियाकै भ्रष्ट महिला’ भनेर प्रकाशित खोज रिपोर्ट बिर्सनुभयो ?

    सूर्यले बाबुरामलाई भने – तपाईंकी श्रीमती ‘एसियाकै भ्रष्ट महिला’ भनेर प्रकाशित खोज रिपोर्ट बिर्सनुभयो ?

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौँ । डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री पदको गरिमा र सम्मानको  खिल्ली उडाएएर जग हसाउने काम गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालेआरोप लगाएका छन्। ।

    भर्खरै राजिनामा दिएका अर्थमन्त्री युवराज खतिवडाबारे भट्टराईले गरेको टिप्पणीको भाषा शैलीलाई लिएर थापाले देशको प्रधानमन्त्री भैसकेको व्यक्ति हो वा गाली शिरोमणि भन्दै गम्भिर प्रश्न उठाएका छन् ।



    खतिवडाबारे भट्टराईले ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन ?  न रुनु न हाँस्नु ?’ भन्दै टिप्पणी गरेका थिए ।



    थापाले भनेका छन् ‘डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ?  यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ?  के सिक्ने ? के अनुशरण गर्ने ?।’

    थापाले केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, भन्दै अहिले त्यही फण्डिङको ऋण चुक्ता गरेको दाबी गरेका छन् ।

    विप्पा सम्झौता गरेर जुवा खेलें भन्ने आफ्नै कार्यशैली सम्झिन, न्यूयोर्क टाइम्सले २०७० सालमा ‘एसियाकै भ्रष्ट महिला’ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनुभयो ?  भन्दै उहाँसँग तपाईंको के सम्बन्ध ?  भनेर थापाले प्रश्न गरेका छन् ।

    ‘जबकी तपाईं र तपाईंकी श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले ‘माओवाद’ लाई पनि धरधरी रूवाएको होइन र ?’, थापाले भनेका छन् ।

    यस्तो लेखेका छन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले

    पूर्व प्रधानमन्त्रीकाे एक लज्जास्पद टिप्पणी !
    सामाजिक मर्यादा र शिष्टता पाेलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम भट्टराई देशकाे प्रधानमन्त्री भइसकेकाे सम्मानित व्यक्ति हाे कि गाली शिराेमणि ? यस ट्वीटमा प्रयाेग गरेका केही भाषा, गालीगलाेज र सन्तुलन गुमाएकाेजस्ताे अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?
    विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामकाे पक्षपाेषण महाशयले कहिले गर्नुभएको थियाे र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गाेहीका आँसु झारेजस्ताे गर्नु र रूवाबासीकाे नक्कली नाटक प्रदर्शन गर्नु ?
    अरूकाे सम्मान नगर्नेले लाेकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसकाे अपेक्षा गर्नु ?
    प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसाे भन्न सक्नुहन्छ ?- “ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व… !”
    केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्द गाेलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं “फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङकाे ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनकाे साेझाे मात्रै ?
    जबकि “विप्पा संझाैता गरेर जुवा खेलें” भन्ने तपाईकाे आफ्नै कार्यशैली संझिनुस त ! कस्ताे थियाे, प्रधानमन्त्री हुँदा – जुवाडे भन्न अरूले पर्छ र ?
    जबकि न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु भयाे ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ ?
    जबकि तपाईं र तपाईंकी श्रीमतीकाे सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले “माओवाद” लाई पनि धरधरी रूवाएकाे हाेइन र ?
    तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोली ? यस्ताे बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएकाे हाे ?
    तपाईंहरूकाे तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसाे हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक संजालमा निर्वस्त्र हुन सुहाउँछ त ?
    तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसकाे रिमाेट संचालन/सनकमा यतिसम्म लेख्न सक्नुभएकाे हाे ?
    “डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन।२/३निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै विताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले ।ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु !”
    तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्ताे लेखेर दुनियाँ हँसाउनचाहिँ छाड्नुस ।
    बहिदार बन्न सजिलाे छ, बही बुझाउन गा-हाे भनेकाे संभवत: तपाईंको जस्तै हविगत हुँदा भनिएकाे हाेला !
    पूर्व प्रधानमन्त्री पदकाे गरिमा र सम्मानकाे यसरी आफैले खिल्ली उडाएकाे त जगहँसाइ नै भयाे, महाेदय !!!!!

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार