Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नारायणकाजीको राजिनामा माग्दै थापाको प्रश्न – तपाईंको कार्यकालमा कति क्वीन्टल सुन भित्रियो ?

    नारायणकाजीको राजिनामा माग्दै थापाको प्रश्न – तपाईंको कार्यकालमा कति क्वीन्टल सुन भित्रियो ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठानका प्रतिनिधिसभा सदस्य सांसद सूर्य थापाले एक क्वीन्टल सुन प्रकरणमा प्रश्न उठाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद थापा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका हुन् ।

    उनले उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठलाई तपाईको कार्यकालमा कति क्वीन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो भन्दै प्रश्न गरे । उनले एक क्वीन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ? भन्दै प्रश्न पनि गरे ।



    यसमा गृहमन्त्रीजीले जवाफदही भएर छानविन प्रभावित नहोस भनी स्वनिलम्बन राजिनामाको घोषणा गर्न अत्यन्त ढिलो उनले बताए । ‘नैतिकता र जवाफदेहिता फगत आदर्शको रटान र स्टन्टवाजी वा आत्मप्रशंसाको खोक्रो अभिनय होइन र हुनैसक्दैन,’ उनले भने,’जिम्मेवार व्यक्ति स्वयंले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो ।’



    यस्तै उनले सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त ? अब राजिनामा दिएर छानविनलाई सघाउनुस, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन !,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार