Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पर्यटनमन्त्री किरातीलाई सूर्य थापाको प्रश्न – पहिचानवादीको ह्याङ्ओभरबाट प्रदेशको नाम अस्वीकार गरेको हो ?

    पर्यटनमन्त्री किरातीलाई सूर्य थापाको प्रश्न – पहिचानवादीको ह्याङ्ओभरबाट प्रदेशको नाम अस्वीकार गरेको हो ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 978
    SHARES

    काठमाडौं । नेकपा एमाले सांसद सूर्य थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तथाकदित पहिचानवादको ह्याङ्ओभरले नछाडेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । पर्यटनमन्त्र्री किरातीले पहिचानवादीको ह्याङ्ओभरबाट प्रदेशको नाम अस्वीकार गरेको उनको आरोप छ ।



    एमाले सांसद थापाले भने, ‘यो मन्त्रीको नियतसँग जोडिएको विषय पर्‍यो । भर्खरै कोसी प्रदेशले संविधान बमोजिम दुई तिहाइको बहुमतले प्रदेशको नामाकरण गरेको थियो । मन्त्रीज्यू त्योसँग असहमत भएर हो कि के हो ? प्रदेशको नाम किन हटाउनुभयो ? यो पुस्तक फेरि फिर्ता पठाइयोस् । कोसीदेखि सुदूरपश्चिमसम्मको नाम पूर्ववत् राखेर सच्याएर ल्याइयोस् ।’’



    कोशी प्रदेशले संविधान दुईतिहाइले नामाकरण गरेको विषयलाई मन्त्रीको असहमतिको कारणले हटाएको हो ? भन्दै प्रश्न गरे । यो पुस्तक फेरि हटाएर सच्याएर ल्याउन माग गरे । उनले सहरी विकास मन्त्रालयले पनि लुम्बिनी प्रदेशको नाम नजानेको बताए ।

    लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश ५ लेखेको भएकाले हटाउन कार्यसूचीबाट हटाउन माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार