Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले सांसद थापाले भने – एक जना पनि सहकारीको बचतकर्ता ठगिनु हुँदैन

    एमाले सांसद थापाले भने – एक जना पनि सहकारीको बचतकर्ता ठगिनु हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 306
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको मुद्दा अदालतमा विचाराधीन भएकाले सदनमा बहस गर्न नहुने बताएका छन्।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । सांसद थापाले एक जना पनि सहकारीको बचतकर्ता ठगिन नहुने बताए।



    सांसद थापाले भने,‘सहकारीका बचतकर्ता ठगिन हुन्न। उनीहरू नठगिने सुनिश्चितता सरकार र यो संसदले निकायहरूलाई निर्देशन दिएर हुन्छ कि कानून बनाएर हुन्छ के गरेर हुन्छ हामीले गर्नुपर्छ। यो हैसियत संसदले राख्नुपर्छ । हामीले त्यसो गर्न सकेनौं भने यो सहकारीका सन्दर्भमा सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिसअन्तर्गत उठाइएको एउटा अरन्य रोदन हुनेछ। यो अरन्य रोदनले देशलाई केही परिणाम दिने छैन।’



    उनले सरकार र संसदले निकायहरूलाई निर्देशन दिएर हुन्छ कि कानून बनाएर हुन्छ सहकारीका बचतकर्ता नठगिने सुनिश्चितता गर्नुपर्ने बताए। उनले सहकारीको विषय व्यक्तिकेन्द्रिय विषय नभएको दाबी गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार