Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०० पुग्याे

    काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०० पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 3.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०० पुगेकाे छ । साेमबार थप ११ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०० पुगेकाे हाे ।

    मन्त्रालयका अनुसार ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने महिलाहरुमा काठमाडौंकी ३७, ८३ र ९० वर्षीया तीनजना महिला र कास्कीकी ६३ वर्षीय महिला छन् जना छन् ।



    यस्तै पुरुषहरुमा मोरङका ७६ वर्षका एक पुरुष, सिरहाका ६२ र ८७ वर्षका दुईजना पुरुष, सर्लाहीका ३५ वर्षका एक पुरुष, दोलखाका ६९ वर्षका एक पुरुष, मकवानपुरका ३९ वर्षका एक पुरुष र बाँकेका ५९ वर्षका एक पुरुष रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार