Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समुदायस्तरमा कोरोना संक्रमण, एक घर-एक पीसीआर परीक्षण गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले एक घर, एक पीसीआर परीक्षण गर्न आग्रह गरेको छ ।

सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले तीनै तहको सरकारलाई कोरोना संक्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै ध्यानाकर्षण गराउने निर्णय गर्दै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको हाे ।

'कोभिड प्रतिकुलताका कारण ननकोभिड बिरामी पनि गम्भीर ढंगले प्रताडित भइरहेका छन् । ' सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'भेन्टिलेटर नपाएर मृत्यु, एकपछी अर्को अस्पताल दौडन बाध्य भएर मृत्यु, संक्रमण आशंकामा उपचार नपाएर मृत्यु जस्ता घटना पटक–पटक हुनु भनेको राज्यको अस्तित्व माथिको गम्भीर प्रश्न हो ।'

विज्ञप्तिको पूर्णपाठ यस्ताे छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077