Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

    नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ कि ८० बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । सोमबार स्वाब संकलन गरिएकोमा मंगलबार मृत्यु भएपछि उनको कोरोना परीक्षणको रिपोर्ट आएको हो ।



    ती महिला लामो समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् । भदौ २१ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको दुबैतिरको फोक्सोमा निमोनिया रहेको स्वास्थ्य कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार