Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रहरीमा फेल भएको कपडा लिने तयारी, आईजीपीको सुशासन कायम गर्ने अभियानमाथि प्रश्न

    प्रहरीमा फेल भएको कपडा लिने तयारी, आईजीपीको सुशासन कायम गर्ने अभियानमाथि प्रश्न

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 7.1K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीको मौनतापछि दुई बर्षअघि फेल भएको नेपाल प्रहरीको ऊलन पाइन्टको कपडा लिन लागिएको छ।

    ठेकेदार पिताम्वर मुन्काले प्रहरी मुख्यालयको प्रवन्ध निर्देशनालयका प्रमुख एसएसपी पुरुशोत्तम कँडेल र एसपी प्रेम बस्नेतसँग मिलेमतो गरी  उक्त फेल भएको कपडा लिन लागिएपछि आईजीपी  क्षेत्रीको सुशासन कायम गर्ने अभियान नारामा मात्र सीमित हुन लागेको हो। ।



    गुणस्तरमा नमूना टेष्ट गर्दा कपडा फेल भएपछि प्रहरीले नलिएको भन्दै ठेकेदार मुन्काले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।



    सर्वेन्द्र खनाल आइजीपी हुँदा मुन्काले अदालतबाट मुद्दा जिते पनि कपडा गुणस्तर नभएको भन्दै प्रहरीले कपडा लिएको थिएन । ठाकुर ज्ञवाली आइजीपी हुँदा पनि मुन्काले कपडा लिनको लागि धेरै दवाव दिएका थिए तर लिएनन् ।

    अदालतले जिताए पनि गुणस्तर फेल भएको कपडा कसरी लिने भनेर दुई आइजीपीले लिएनन् तर झन् इमानदार र नेपाल प्रहरीलाई सिष्टममा हिंडाउन पर्यत्न गर्ने आईजीपी शैलेश थापाको समयमा फेल भएको कपडा लिने तयारी भइरहेको स्रोत बताउँछ । कपडा लिनका लागि एसएसपी कँडेल र एसपी बस्नेतले निकै सक्रियता देखाएका छन् । फेल भएको सो कपडा पुनः टेष्टका लागि दक्षिण भारतको चेन्न्याई पठाइएको छ ।

    यो प्रकरणमा ठूलो आर्थिक चलखेल भएको समाचार सूत्र बताउँछ । आर्थिक प्रशासनका प्रमुख र प्रबन्धको समेत जिम्मा पाएका एसएसपी कँडेलले उच्च अदालतबाट मुद्दा हारे पनि सर्वोच्चमा गुणस्तरहीन कपडा खरिद गर्न नसकिने भन्दै पुनरावेदनमा जानुपर्नेमा मुन्काको प्रभावमा परी त्यो कपडा लिएर भुक्तानी गर्न खोजेको आरोप छ ।

    प्रहरीमा गतबर्ष फेल भएको झुल, ऊलन पाइन्ट खरिद गर्ने र  मुन्काको ऊलन पाइन्टको कपडा पनि अदालतको आदेश भनी लिन खोज्ने कँडेललाई आइजीपी थापाले प्रबन्धको समेत जिम्मा दिएका छन् ।

    गुणस्तरमा धेरै नै गुनासो आउने र ठेकेदारले सेटिङ गर्ने गरेको पाइएपछि उपेन्द्रकान्त अर्यालको पालामा भारतको एसजीएस र आइटिएसमा परीक्षण गराउनुपर्ने नियम बनाइयो । लत्ताकपडा गुणस्तरीय हुन् भनेर प्रतिष्ठित एसजीएस र आईटीएसमा प्रहरीले पठाउन थाल्यो । तर ठेकेदारहरूले एसजीएसमा समेत सेटिङ गरेर गुणस्तरहीन लत्ताकपडा र जुत्ताहरूको नमुना परीक्षण गराउन थाले ।

    यो गुनासो आएपछि आईजीपी थापाले टेण्डर बिड गर्दा ठेकेदारले पेश गरेको नमुना आईटीएसमा पठाएमा सामान बुझाएपछिको नमूना आईटीएसमा नपठाउने क्रम थालिसकेका छन् । तर, आईजीपी थापालाई प्रबन्धका निमित्त प्रमुख एसएसपी पुरुषोत्तम कँडेल र एसपी प्रेम बस्नेतले गुमराहमा पारी गुणस्तरहीन भनेर प्रहरीले अस्वीकृत गरेका सामानसमेत खरिद गरी भुक्तानी दिएको समाचार छ ।

    गत वर्ष नै प्रहरीले गुणस्तर फेल भनेर अस्वीकृत गरेको राजन कडरियाको १७ हजार थान झुल (मस्क्वीटो नेट) यो वर्ष राजु थापाको विवांश ब्याग कम्पनीले प्रहरीमा बुझाएर भुक्तानी लिइसकेको छ । गत वर्ष फेल भएको झुल यो वर्ष प्रहरीले लियो भन्ने प्रश्न उठेको छ । यी दुवै गत वर्ष फेल भएका सामान खरिद गरी नमुना पास गराउने क्रममा गोलमाल भएको स्रोत बताउँछ ।(साँघु साप्ताहिकबाट )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार