Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तरुण दलका अध्यक्षद्वारा वीपी जयन्तीको अवसरमा दुई अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं। नेपाल तरुण दलले १०७ औं वीपी जन्मजयन्तीको अवसर पारेर  ललितपुरको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पाटन अस्पताल) र राष्ट्रिय स्वास्थ्य बिज्ञान प्रतिष्ठान (वीर अस्पताल)लाई  स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज एक कार्यक्रमबीच पाटन अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. सुमन कुमार श्रेष्ठलाई १००० थान सर्जिकल माक्स, २० थान पीपीई सेट र २० थान फेस शिल्ड प्रदान गरेका हुन ।

त्यस्तै,अध्यक्ष  बस्नेतको टोलीले वीर अस्पतालका ईएनटी विभागका प्रमुख डा. दिपेन्द्र श्रेष्ठ तथा डा. अरुण केसीलाई  १००० थान सर्जिकल माक्स, २० थान पीपीई सेट र २० थान फेस शिल्ड आजै  प्रदान गरेका थिए।

स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याउने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई अध्यक्ष  बस्नेतले धन्यवाद व्यक्त गरेका थिए ।

छुट्टाछुट्टै कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीहरुले काम गरेको भन्दै  प्रशंसा गरेका थिए ।

जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै १०७ औं वीपी जयन्तीको अवसरमा जनताको स्वास्थ्य सेवामा अहोरात्र खटिने डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई सहयोग जारी राखिने पनि उनले वताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077