Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाबाट काठमाडाैंका २ सहित ६ जनाकाे मृत्यु, मृतककाे संख्या ३१२ पुग्यो

    कोरोनाबाट काठमाडाैंका २ सहित ६ जनाकाे मृत्यु, मृतककाे संख्या ३१२ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा काेराेना भाइरसकाे संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । याेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो कुल संक्रमितको ०.६३ प्रतिशत हो । पछिल्लाे २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् । मृत्यु हुने पुरुषहरुमा काठमाडौंका ६७ वर्षीय पुरुष, अर्घाखाँचीका ४२ वर्षीय पुरुष र नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन् । भने कोरोनाबाट मृत्यु हुने महिलाहरुमा काठमाडौंकी ८३ वर्षीया, कास्कीकी ७३ वर्षीया र बाँकेकी ८० वर्षीया महिला रहेका छन् ।



    नेपालमा थप १ हजार ८१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ४९,२१९ पुगेको पनि जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार