Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लागूऔषधसहित दुई जना पक्राउ

पाल्पा । पाल्पामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

रामपुर नगरपालिका-३ का ३१ वर्षीय सुरेन्द्र घिमिरे र २४ वर्षीय प्रमोद घिमिरेलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरुको साथबाट डाईजेपाम ४ पिस, आईपिपिएल २ पिस, सिरिन्ज २ सेट लागूऔषध फेला पारेको प्रदेश प्रहरी कार्यालयल दाङले जनाएको छ ।

बिहीबार बेलुकी बुटवलबाट रामपुरतर्फ जादै गरको बा ७० प २९४४ नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलबाट तेल चोरी गरी भागेपछि उनीहरूलाई प्रभास चौकी प्रभासबाट प्रहरी नायव निरीक्षक एक्का बहादुर नेपालीको नेतृत्वमा गएको टोलीले डुम्रेबाट पक्राउ गरेको थियो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077