Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण डिसेम्बरसम्म पूरा हुन्छ : पर्यटनमन्त्री भट्टराई

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण डिसेम्बरसम्म पूरा हुन्छ : पर्यटनमन्त्री भट्टराई

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आउँदो डिसेम्बरसम्म पूरा हुने बताएका छन् ।

    शुक्रबार भैरहवा आयोजनाकाे स्थलगत अवलोकन पछि उनले कोरोना संक्रमणका कारण प्रतिकुलको अवस्थामा पनि यो आयोजनाको काम एकदिन पनि नरोकिएको बताए । मुलुकमा सञ्चालित २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्पन्न हुने दाबी गरेका छन् ।



    मन्त्री भट्टराई, नागरिक उड्ययन प्रधिकरणका महानिर्देशक राजन पोखरेल, राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप पोखरेल लगायतको टोली शुक्रबार दिउँसो चार्टर विमानबाट भैरहवा आइपुगेका थिए ।



    ‘कोभिड–१९ ले विश्वव्यापी असर नपारेको भए यतिबेलासम्म यहाँबाट अन्तर्राष्ट्रिय उडानको प्रक्रिया सञ्चालन भइसक्ने थियो,’ मन्त्री भट्टराईले भने, ‘बाहिरी मुलुकबाट प्राविधिक जनशक्ति उडान अवरुद्धले ल्याउन नसकेकाले ढिलाइ भयो ।’

    एसियाली विकास बैंकसँगको सहमतिमा यस आयोजनाको म्याद आउँदो डिसेम्बरसम्म थप गरिएको र निर्धारित समयमा आफू आशावादी रहेको उनले बताए ।

    विमानस्थलको धेरै भौतिक संरचना तयार भइसकेको र उपकरण जडानका लागि बाहिरी मुलुकबाट जनशक्ति ल्याउने तयारी गरिसकिएको उनले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार