Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अब नयाँ सरकार बनाउने कुनै प्रयास हुँदैन : योगेश भट्टराई

    अब नयाँ सरकार बनाउने कुनै प्रयास हुँदैन : योगेश भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 342
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अब नयाँ सरकार बनाउने प्रयास नहुने बताएका छन् ।

    बुधबार संसद भवन नयाँ बानेश्वरमा बोल्दै नेता भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने बताएका हुन्।



    नेता भट्टराईले भने,‘अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन । वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको छ । सरकारलाई आउने चार वर्षसम्म सहज रुपमा चल्न दिने दायित्व एमालेको हो ।’



    वर्तमान सरकारले नै मुलुकमा देखिएका समस्या हल गर्ने भट्टराईको दाबी छ ।

    उनले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउन कुनै दाबीसमेत नगरेको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार