Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड

    एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 1.7K
    SHARES

    ताप्लेजुङ । पहिचान पक्षधरहरुले नेकपा एमालेका सचिव योगेश भट्टराई सवार गाडीमाथि तोडफोड गरेका छन्।

    ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमा आक्रमण गरेका हुन् ।



    सात आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेका थिए । आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको छ।



    भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते नभएको एमालेले जनाएको छ । यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो ।

    उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए । प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार