Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

२० वर्ष अघि श्रीमतीकाे हत्या गरेर फरार रिजाल कारागार चलान

काठमाडाैं । काठमाडाैं जिल्ला अदालतले श्रीमती हत्या अभियाेगमा पक्राउ परेका अरुण कुमार रिजाल (सुनार) लाई पुर्पक्षको लागी  कारागार चलान गरेकाे छ ।

२०५७ साल भदाै २६ गते काठमाडाैं महानगर-१३ चागलमा डेरा गरी बस्दा १८ बर्षकी श्रीमती दिल माया सुनारकाे घाँटी थिचेर हत्या गरी फरार रहेका अरुणलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले २०७७ साल भदाै १८ गते पक्राउ गरी मुद्धा चलाएकाे थियाे ।

दोलखाकाे भिमेश्वर नगरपालिका-३ ताथली स्थायी घर भई काठमाडाैं बस्ने अरूणले उनकी श्रीमती दिल माया सुनारलाई घाँटी थिची हत्या गरेर फरार रहेकाले पक्राउ गरेर मुद्धा चलाइएकाे परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077