Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्याङ्जामा लाइसेन्स नभएका हतियार जफत गर्दै प्रहरी , ४ वटा बन्दुकसहित दुई जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध रुपमा राखिएका हतियारहरु बरामद गरेको छ। जसअनुसार आज पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रिडाँडाबाट अवैध रुपमा राखिएका ४ वटा बन्दुकसहित प्रहरीले दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झग्रिडाँडा बस्ने ६९ बर्षीय भीमबहादुर ठकुरी र ६० बर्षीय ओम बहादुर हमाल छन् । भिम बहादुरको साथबाट प्रहरीले लाइसेन्स नभएको एउटा भरुवा बन्दुक र एकथान बाह्रबोर बन्दुक बरामद गरेको छ । ओमबहादुरको साथबाट प्रहरीले दुईवटा एकनाले भरुवा बन्दुक , टोटा, गोली र छर्रा पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका प्रहरी उपरिक्षक होविन्द्र बोगटीका अनुसार बन्दुकसहित पक्राउ गरिएकालाई हातहतियार तथा खरखजाना मुद्धामा जिल्ला अदालतबाट २५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

अवैध रुपमा राखिएका बन्दुकले हुनसक्ने संभावित खतरालाई मध्यनजर गरी  ईजाजत पत्र नभएका  बन्दुक बरामद गर्ने अभियान थालिएको एसपी बोगटीले वताए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यसअघी पनि ईजाजत पत्र नभएका पाँच वटा बन्दुक बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077