Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु

    ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।

    उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको हो । ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् । सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो ।



    गएको २४ घन्टा यता यहाँ यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्र्किएका छन् ।



    कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा अमेरिका र भारतपछि ब्राजिल पर्दछ । सबैभन्दा बढी सङ्क्रमित देशमध्ये दोस्रोमा पर्ने ब्राजिलभन्दा गत हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार