Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोरोनाविरुद्धको खोप नलगाउँदा ब्राजिलका राष्ट्रपतिले नै हेर्न पाएनन् फुटबल

    कोरोनाविरुद्धको खोप नलगाउँदा ब्राजिलका राष्ट्रपतिले नै हेर्न पाएनन् फुटबल

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाउँदा उनलाई फुटबल म्याचमा प्रवेश निषेध गरिएको छ । राष्ट्रपति बोल्सोनारोले नै आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका हुन् ।

    राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन् ।



    उनले भनेका छन्–‘किन खोप कार्ड चाहियो, किन पासपोर्ट चाहियो, म केवल खेल हेर्न चाहान्छु ।’ स्थानीय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा छन् ।



    उनी जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किएका थिए । राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी पनि हुन् भने उनले मास्क पनि लगाउँदैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार