Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

    ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 4.2K
    SHARES

    एजेन्सी । ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।

    यो सँगै ब्राजिलमा कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा पनि बढी पुगेको बताइएको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।



    उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ ।



    शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

    कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।

    पछिल्ला हप्ताहरुमा ब्राजिमा कोभिडका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । यहाँका अधिकारीहरुले खासगरी साओ पाओलोमा यसका संक्रमितहरु बढी भेटिएका बताइएको छ ।
    –––

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार