Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्याप्टेन विजय लामासहित २ जनालाई कोराना संक्रमण

    क्याप्टेन विजय लामासहित २ जनालाई कोराना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले आइतबार स्वाब दिएका थिए । आइतबार नै रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक अधिकारीले बताए। अहिले उनी सोल्टी होटेलमा छन् । क्याप्टेन लामाले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताएका छन्।

    उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।



    दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर उनीहरू फर्किएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार