Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपालमा ३ वर्षपछि कोभिड संक्रमितको संख्या शून्य

    नेपालमा ३ वर्षपछि कोभिड संक्रमितको संख्या शून्य

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 708
    SHARES

    काठमाडौं । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । सो समयमा ८४६ नमूना परीक्षण भएको जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीका अनुसार कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको हो ।



    आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार