Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काेराेनाबाट एकैदिन १५ जनाकाे मृत्यु, मृतककाे संख्या ३६० पुग्याे

    काेराेनाबाट एकैदिन १५ जनाकाे मृत्यु, मृतककाे संख्या ३६० पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपालमा साेमबार काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३६० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा माेरङका ४० र ७० वर्षका दुइ पुरूषकाे मृत्यु भएकाे छ । काठमाडाैंका ६१ वर्षीय महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षका पुरूषहरूकाे पनि काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे छ ।



    यस्तै ललितपुरका ५५ वर्षीय पुरूष, भक्तपुरका ७३ वर्षीय पुरूष र रामेछापका २३ वर्षीय पुरूषकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।



    यस्तै गाेरखाकी ६३ वर्षीया महिला, नवफपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीय महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३६० पुगेकाे पनि मन्त्रालयले जनाएकाे छ । याे कुल संक्रमितकाे ०.६५ प्रतिशच हाे ।

    यस्तै नेपालमा साेमबार थप १ हजार १७० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७० जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको मन्त्रालयले जनाएकाे छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार