Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१०० किलो गाँजासहित दुई जना पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले एक सय किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा दोर्जे तामाङ र पदमबहादुर मोक्तान रहेका छन् । उनीहरूलाई  बिहीबार नियन्त्रणमा लिएर शुक्रबार चितवन प्रहरीले सार्वजनिक गरेकाे हाे । उनीहरू सवार ना ३९ प २२५८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि राप्ती नगरपालिका-८ दवाडी चोक नजिकै पम्फा खोला किनार छेउमा पाँच वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

भदौ २१ गते राति साढे १ बजेको समयमा गस्तीमा गएको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले वेवारिसे अवस्थाका बोरा देखेपछि खोलेर हेर्दा गाँजा रहेको फेला पारेको थापाले बताए।

गाँजाको कारोबारमा संलग्न केही व्यक्तिहरुको खोजी भइरहेको थापाले बताए। उनकाअनुसार गाँजाको कारोबारमा राप्ती–१२ का तीस वर्षीय बाबुराम थिङ नामका व्यक्तिको मूख्य संलग्नता देखिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077