Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • २८९ कैदीबन्दीको कैद माफी मिनाहा

    २८९ कैदीबन्दीको कैद माफी मिनाहा

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद माफी मिनाहा पाउने भएका छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ कैदीबन्दीको कैद भुक्तान हुन बाँकी समय माफी मिनाहा गर्न लागेको शीतलनिवास स्रोतले जानकारी दियाे ।



    नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिन लागेको हाे ।



    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गर्न लागेकी स्राेतले जानकारी दियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार