Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाइँदै

    टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।



    सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिले आयोजनामा विशेष कार्यक्रम आयोजना गरेको छ ।



    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागीता रहेको छ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संवैधानिक निकाय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार