Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीले भने – लोकतन्त्रको दियो कहिल्यै निभ्न दिनेछैनौं

    एमाले अध्यक्ष ओलीले भने – लोकतन्त्रको दियो कहिल्यै निभ्न दिनेछैनौं

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नक्साल नारायण चौरमा आज साँझ दिपावली गरेको छ ।

    आज साँझ सात बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गरेका हुन् ।



    सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानको सफल कार्यन्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्प जनस्तरबाटै गर्नुपरेको बताए ।



    अध्यक्ष ओलीले,’लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेका छौं, यस बगैंचालाई राष्ट्रिय एकता र उज्याले नेपवालको प्रतिकको रुपमा विकास गर्न चाहान्छौं । अर्को वर्षदेखि यो दिवस अझ ब्यापक र भव्य ढंगले जनताको घर घरमा मनाउनेछौं ।’

    अध्यक्ष ‌ओलीले जनताबीचको एकता कमजोर गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।

    अध्यक्ष ‌ओलीले नेपालको संविधान प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्ने बताउँदै राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन नसक्ने बताए ।

    अध्यक्ष ‌ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार