Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्मचारी सरुवा नगर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

    कर्मचारी सरुवा नगर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारणले कुनै पनि सरुवा, काज सरुवा नगर्न सबैलाई निर्देशन गरेको छ ।

    मन्त्रालयका शाखा अधिकृत युवराज अर्यालले सूचना जारी गरी यही असोज २४ गतेसम्मका लागि कर्मचारीको सरुवा र काज सरुवा नगर्न अनुरोध गरेका हुन् ।



    यही असोज २४ गते हुने निर्वाचनका लागि यही असोज १ गतेदेखि निर्वाचनको आचारसहिंता लागेकाले सरुवामा रोक लगाइएको हो । सरकारले निर्वाचन गर्नका लागि निर्वाचन कार्यालयसमेत स्थापना गरिसकेको छ ।



    विसं २०७३ जेठ १९ गते भएको निर्वाचनको चार वर्ष कार्यकाल सकिएपछि निर्वाचन हुन थालेको हो । युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले कोरोना भाइरस (कोभिड–१९) का कारणले निर्धारित मितिमा निर्वाचन गर्न कठिनाइ हुने बताए । देशभर करिब ८३ हजार निजामित कर्मचारी रहेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार