Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एसएसपी दिपक थापालाई सुप्रवल जनसेवा तृतीय प्रदान

    एसएसपी दिपक थापालाई सुप्रवल जनसेवा तृतीय प्रदान

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 6.8K
    SHARES

    काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् ।

    जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले पाएका छन् ।



    यसैबीच, नेपाल प्रहरीका एसएसपी दिपक थापा सुप्रबल जनसेवाश्री(तृतीय)बाट विभूषित हुन सफल भएका छन् । थापा हाल महानगरिय अपराध महाशाखामा  प्रमुख छन् ।



    थापासहित एसएसपी एसएसपीहरु नवीन्द्र अर्याल र किरण बज्राचार्यले पनि सुप्रबल जनसेवाश्री(तृतीय) पाएका छन् ।

    प्रबल जनसेवाश्री(चर्तुथ) पाउने प्रहरीहरुमा एसपी तारादेवी थापा, सुशीलसिंह राठौर, गणेश चन्द, जनकराज पाण्डे, अविनारायण काफ्ले, गंगा पन्त, ओम अधिकारी, दिनेश मैनाली र बीर बहादुर बुढा मगर छन् ।

    त्यस्तै नेपाल प्रहरीका डिएसपीहरु दानबहादुर थापा, पवन कुमार भट्टराई, महेन्द्र श्रेष्ठ, रुपेश खड्का, दीपक गिरी, कृष्ण कुमार कार्की पदम बिष्ट, डा सेवन श्रेष्ठ, डा किरण केसी, भीम कुमारी पाण्डेले पनि यो विभूषण पाएका छन् ।

    प्रहरीमा वढुवाका लागि पदक पाउनेलाई दुई नम्वर दिइने हुँदा महत्वपूर्ण मानिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार