Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

संविधानले सुशासन र समृद्धि हासिल गर्न मार्ग प्रशस्त गरेकाे छ : माधवकुमार नेपाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही संविधानको जगमा टेकेर समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यही संविधानको जगमा टेकेर आर्थिक, सामाजिक रूपान्तरण, विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले केन्द्रीकृत शासन व्यवस्थाको स्थानमा सङ्घीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै संविधान कार्यान्वयन तथा सङ्घीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा पनि पछिल्लो पाँच वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

ठूलो बलिदानी र संघर्षबाट प्राप्त यो संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्दै उनले सन्देशमा भनेका छन्, ‘यस दिनले हामीलाई शान्त, समुन्नत र समृद्ध नेपाल निर्माणमा लाग्न थप प्रेरणा दिने मेरो विश्वास छ ।’

पूर्वप्रधानमन्त्री नेपालले जनप्रतिनिधिबाट तर्जुमा भएको संविधानबाट शासित हुने जनताको सात दशक लामो चाहना यही संविधानमार्फत पूरा भएको उल्लेख गर्दै सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी कामना गरे ।

‘नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमात्र संस्थागत गरेको छैन, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, कानूनी राज्य जस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यताको जगमा सुशासन र समृद्धि हासिल गर्नका लागि मार्ग प्रशस्त गरेको छ’, सन्देशमा उनले भनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077