Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री ओलीका तीन विकल्प

    मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री ओलीका तीन विकल्प

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि तीन विकल्प पेश गरेका छन् ।

    पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेसँगै प्रधानमन्त्री ओलीले तीन विकल्प अघि सारेका स्राेतले बतायाे ।





    बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने र केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने प्रस्ताव गरेका थिए ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । ‘सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार