Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्रीहरूको शपथ भोलि

    मन्त्रिपरिषद् पुनर्गठन, यस्तो बन्यो नयाँ मन्त्रिमण्डल [सूचीसहित]

    मन्त्रिपरिषद् पुनर्गठन, यस्तो बन्यो नयाँ मन्त्रिमण्डल [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    प्रधानमन्त्रीले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीसहितको मन्त्रिमण्डल गठन भएको जानकारी समेत गराएकी छन् ।



    एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका थिए ।



    राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरेकी हुन् ।

    खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए । उनलाई मन्त्रीमा बढुवा गरिएको छ । मन्त्रीहरूको शपथ ग्रहण भोलि सोमवार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार