Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • किन बर्खास्तमा परे रक्षामन्त्री ईश्वर पोखरेल ?

    किन बर्खास्तमा परे रक्षामन्त्री ईश्वर पोखरेल ?

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।  केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । थप भएका  मन्त्री ओलीनिकट हुन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ। रक्षा मन्त्रालय ओली आँफैले राखेका छन् ।



    कतिपयले पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएर थप शक्तिशाली बनाइएको टिप्पणी गरे पनि उनको जिम्मेवारी नै खोसिएको हुँदा बर्खास्तमा परेको बुझिएको छ।



    पछिल्लो समय पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भएको बिबादका कारण प्रधानमन्त्री ओलीमाथि पोखरेललाई हटाउन दबाब परेको थियो।

    अर्थमन्त्रीमा पार्टीका महासचिव विष्णु पौडेल, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ, संचार मन्त्रीमा पार्वत गुरुङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार