Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल क्रिकेट : पहिले ब्याटिङ गर्दै दिल्ली, सन्दीप टोलीमा परेनन्

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा दिल्लीले पहिले ब्याटिङ गर्ने भएको हो ।

किङ्‌स इलेभेन पन्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । दुबै टोली पहिलो जित निकाल्दै सिजनमा सुखद सुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

यता नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने भने दिल्लीको टोलीमा अटाएका छैनन् । लगातार तेस्रो सिजन आईपीएल खेल्न लागेका सन्दीपलाई सिजनको पहिलो खेलमा दिल्लीले प्लेइङ सेटमा राखेको छैन ।

सन्दीप वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) बाट आईपीएलका लागि सिधै युएई पुगेका थिए । सीपीएलमा राम्रो प्रदर्शन गरेका सन्दीपले १० खेल १२ विकेट लिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077