Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

नक्कली भ्याट बिल प्रकरणमा चार कम्पनीविरूद्ध मुद्दा, ११ करोड ३१ लाखको बिगो दाबी

काठमाडाैं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न व्यापारिक फर्मविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार चितवनको सन्तोषी निर्माण सेवा प्रा.लि. र ललितपुर महानगरपालिका-१३ को स्काइलाइन ट्रेडर्स एन्ड सप्लायर्ससहित अन्य तीन कम्पनीविरूद्ध मुद्दा दायर गरिएको हो ।

दुई वटा व्यापारिक फर्मलाई ११ करोड ३१ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग दाबी लिइएको छ। कर छलेको अभियोगमा सन्तोषी निर्माण सेवाका सञ्चालक केशवराज कँडेलसमेत तीन जनालाई ६ करोड २२ लाख ७४ हजार २२८ रुपैयाँ बिगो मागिएको विभागले जनाएको छ ।

वस्तु तथा सेवा खरीद नै नगरी सो कम्पनीले २ करोड ३ लाख १७ हजार १४५ रुपैयाँ मूल्य अभिवृद्धि कर, तीन करोड ६७ लाख २३ हजार ५३६ रुपैयाँ आयकर र लाभांश कर ५२ लाख ३३ हजार ५४७ रुपैयाँ छली गरेको विभागले जनाएको छ ।

यस्तै, ललितपुर महानगरपालिका-१३ को स्काइलाइन ट्रेडर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेशनलकी उषाकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रा.लि. का सञ्चालक हर्ष चौधरीविरूद्ध पाँच करोड ८ लाख ९४ हजार २१६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

स्काइलाइन, यति र रिवाज कम्पनीले १७ लाख ८ हजार २०२ मूल्य अभिवृद्धि कर, आयकर तीन करोड २६ लाख ६४ हजार ७७ र लाभांश १२ लाख २१ हजार ९३७ रुपैयाँ छली गरेको विभागको माग दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077