Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • सम्पत्ति विवरण नबुझाउने ११ हजार कर्मचारी र शिक्षकलाई ५ हजार जरिवाना !

    सम्पत्ति विवरण नबुझाउने ११ हजार कर्मचारी र शिक्षकलाई ५ हजार जरिवाना !

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 3K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिवाना गर्न सरकारलाई आग्रह गरेको छ ।

    तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने संघीय तहका ११ हजार ६६० जना कर्मचारीलाई आयोगले जनही ५ हजार रुपैयाँ जरिवाना गर्न सरकारलाई आग्रह गरेकाे हाे ।



    अख्तियारको बिहीबार बसेको बैठकले २५ सय ४ निजामती कर्मचारी, नेपाल प्रहरीका १११, शिक्षक ७ हजार ६१३ जना र अन्य १४३२ पदाधिकारी कर्मचारीलाई सम्पत्ति विवरण समयमा नबुझाएको आरोपमा ५ हजार जरिवाना गरी सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरेको अख्तियारले जनाएको छ ।



    त्यसका लागि अख्तियारले सम्पत्ति विवरण नबुझाउनेको जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग र केन्द्रीय निकायमा पठाएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । त्यस्तै विदेशमा रहेका नेपाली सेनाका ४६० जनाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

    प्रदेश तहमा काम गर्ने ५५४ जनालाई पनि कारबाही गर्न सम्बन्धित प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको अख्तियारले जनाएको छ । त्यस्तै स्थानीय तहका ४५ सय ३४ जनाले पनि सम्पत्ति विवरण नबुझाएकाले कारबाही गर्न भनिएको छ ।

    अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफू मातहतका कर्मचारीले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भए त्यसको एकमुस्ट जानकारी दिन माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार