Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डा.केसीको समर्थनमा उत्रेकाहरू माइतीघरबाट पक्राउ

काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ पटक अनसन बसिरहेका डा गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गर्दैगर्दा पक्राउ परेका हुन् । प्रदर्शन गर्न उत्रनसाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनको माग पूरा गर्न दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

जुम्लाबाट अनसन सुरु गरेका केसीलाई केही दिनअघि काठमाडौं ल्याइएपछि पनि अनसनलाई निरन्तरता दिएका छन् ।

उनको स्वपास्थ अवस्था बिग्रिँदै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077