Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोजगारी खोसिएको भन्दै पर्यटन मजदुरको प्रदर्शन

    रोजगारी खोसिएको भन्दै पर्यटन मजदुरको प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । आइतबार काठमाडौंमा पर्यटन मजदुरहरुले प्रदर्शन गरेका छन् । पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा उनीहरुले ‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’, ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे अफ टुरिजम वर्करस’, ‘डन्ट किल नेपाल टुरिजम’ लगायत नारा लेखिएका पप्पलेटसमेत प्रदर्शन गरेका थिए ।



    प्रदर्शनकारीले पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको र पर्यटन मजदुरको मर्का नबुझेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा समेत माग गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार