Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह

    पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न सरकारले आग्रह गरेको छ ।

    घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबारको पत्रकार सम्मेलनमा सचेत गराए ।



    पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपर्दा उनले सम्बद्ध सबैमा आग्रह गरे । यस्तै उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरे ।



    लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जिविका चलाउन सहज बनाइएकाले सतर्कता अपनाउन जरुरी रहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार