Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लिखित परीक्षा सम्बन्धी सूचनासहित फेरि खुल्यो लोकसेवा

    लिखित परीक्षा सम्बन्धी सूचनासहित फेरि खुल्यो लोकसेवा

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारण स्थगित भएको परीक्षा लोकसेवा आयोगले पुनः संचालन गर्ने निर्णय गरेको छ । जसअनुसार आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

    आयोगको सूचनाअनुसार शाखा अधिकृतको हुन बाँकी विभिन्न पत्र र विषयको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुनेछ । यस्तै सुब्बा पदको द्धितीय र तृतीय पत्रको परीक्षा मंसिर ७ देखि १२ गतेसम्म हुनेछ ।



    यसैबीच आयोगले सहसचिव पदको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ भने स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता कार्यक्रम पनि तय गरेको छ । आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार