Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बारामा १२ बर्षीया बालिका बलात्कृत, परिवारलाई ज्यान मार्ने धम्की!

    बारामा १२ बर्षीया बालिका बलात्कृत, परिवारलाई ज्यान मार्ने धम्की!

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 4K
    SHARES

    बारा। बारामा १२ बर्षीया बालिका बलात्कृत भएकी छन्। असोज १ गते बेलुका उनलाई २६ वर्षका शिवपूजन यादवले बलात्कार गरेको आरोप छ ।

    ‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो ? छोड्, भन्दै कराउँदा मुखमा ओढनी (सल) कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्‍यो ।’ बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको भनाइ हो यो ।



    पीडित बालिकाका अनुसार शिवपुजन नातामा काका पर्ने व्यक्ति हुन् । घटनापछि उनी फरार छन् । असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता भएको छ । बालिकाको बयान लिएर विस्तृत स्वास्थ्य जाँच गराइसकेको बताउँदै बाराका प्रहरी प्रवक्ता रहेका डीएसपी गौतम मिश्रले भने, ‘भारत पसेका आरोपीलाई पक्राउ गर्न उतापट्टी समन्वय भइरहेको छ ।’



    बालिकाको परिवारलाई आर्थिक प्रलोभनमा पार्न खोजेको, मार्ने धम्की दिएको भन्ने जानकारी भने नभएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार