Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुख्यसचिवमा शंकरदास वैरागी सिफारिस

    मुख्यसचिवमा शंकरदास वैरागी सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौँ । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए ।



    कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।



    बैरागी सचिवमा बढुवा हुनुअघि (सहसचिव हुँदा) संयुक्त राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अष्ट्रेलियास्थित दूतावासमा उपप्रमुख थिए ।

    महालेखा प्रतिवेदनअनुसार, बैरागीको नाममा करिब १५ लाख कर बक्यौता छ । महालेखाको प्रतिवेदनमा बैरागीले नेतृत्व गरेको नियोग जेनेभाको करिब एक करोड कर बक्यौता रहेको छ भने उपप्रमुख भएर बसेको नेपाली दूतावास अष्ट्रेलियाको ५२ लाख बक्यौता छ । उनी बिबादास्पद कर्मचारी हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार