Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेविसंघका गतिविधिविरुद्ध अनेरास्ववीयूको र्‍याली

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा नेपाल विद्यार्थी संघले थालेको आन्दोलनविरुद्ध अनेरास्ववीयूले र्‍याली निकालेको छ ।

सत्तारुढ दल नेपाल कम्युनस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववीयू त्रिवि समितिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ त्रिवि समितिको आन्दोलनका विरुद्धमा विहीबार र्‍याली निकालेको हो ।

नेविसंघले पछिल्लो सयम विभिन्न माग राखेर प्रदर्शन गर्दै आएको थियो । ९ असोजमा त्रिवि वार्ता समिति र आन्दोलनरत नेविसंघ त्रिवी समितिबीच २३ बुँदे सहमति भएको थिए ।

तर त्रिविले आफूहरुका मागप्रति उदासीनता देखाएको भन्र्दै नेविसंघ त्रिवि समितिले बुधबारबाट फेरि आन्दोलन थालेको छ । हिजो त्रिविका पदाधिकारीको कार्यलायमा ताल लगाएपछि अनेरास्ववीयूले त्यसको विरोधमा आज र्याली निकालेको हो ।

अनेविरास्ववीयूका केन्द्रीय सदस्य एवम् त्रिविका नेता मदन विष्टले केही विद्यार्थी संगठनको समूहका नाममा पछिल्लो समय त्रिविमा हुने गरेका गुन्डागर्दी र अपराधिक गतिविधिको भण्डाफोरका लागि र्याली निकालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077