Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बेबारिसे अवस्थामा २२९ केजी गाँजा फेला

मकवानपुर। प्रहरीले अबैध २२९ केजी लागूऔषध गाँजा बेबारिसे अवस्थामा फेला पारेको छ ।

गत असोज १४ गते  अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले  मकवानपुर भिमफेदी  ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको ९ वटा बोराहरू बरामद गरेको हो।

बेबारिसे अवस्थामा फेला पारेकोले उक्त बोराहरू खोली हेर्दा बोराहरू भित्र १८ वटा बण्डल बनाई प्लाष्टिकमा प्याकिङ् गरी राखेको लागू औषध गाँजा २२९ केजी बरामद गरी यस कार्यालयमा ल्याईएको मकवानपुर प्रहरीले जनाएको छ । बेबारिसे अवस्थामा गाँजा राखेर हिंड्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077