Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रौतहटको इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका फरार अभियुक्त पक्राउ

जनकपुर। २ नम्बर प्रदेश प्रहरी कार्यालयले रौतहटमा इँटा उद्योगमा जिउँदै मान्छे जलाएको १३ वर्षअघिको घटनाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

फरार रहेका प्रतिवादीहरूलाई खाेजतलास एवम् पक्राउ गर्ने क्रममा जिल्ला बारा सिम्राैनगढ नगरपालिका ४ बस्ने ५५ वर्षीय बद्री सहनीलाई नेपाल -भारतकाे सिमाना पर्ने राैतहटकाे बाैधीमाइ नगरपालिका ७ बड्की बंकुल एरियाबाट पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

२०६४ चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी कांग्रेस नेता आफताव आलमले आफ्ना काका शेख इन्द्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएका थिए ।

त्यस क्रममा क्रममा बिस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसमेत १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । मृत्यु भएका र घाइते सबैलाई नजिकैको इँटाभट्टामा हालेर जलाएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानमा घट्ना हुँदाकाे अवस्थामा बद्री सहनी इँटाभट्टामा हेड मिस्त्री रहेको र आलमाकाे निर्देशन बमाेजिम उक्त घटनाका घाइतेहरू तथा मृतकहरूलाई इट्टाभट्टामा हालेकाे उनले स्वीकार गरेका छन्। यस बारेमा थप अनुसन्धान जारी रहेको डीआईजी धिरजप्रताप सिंहले बताए ।घटनाका मुख्य योजनाकार आलम अहिले कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077